समाचार

नेता गुरुङको कडा ब्यंग्यः बिष्णु पौडेललाई ४ लाखमा वालुवाटारको जग्गा दिनेलाई कारबाही गरौं ?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेकपा महासचिव बिष्णु पौडेलतर्फ संकेत गर्दै ब्यंग्य गरेका छन् । युवा नेता गुरुङले ‘भुमाफिया ढकाल र सुबेदीले बालुवाटारको ४/४ आना जग्गा (जम्मा आठ आना) एक जना श्रदेय नेतालाई जम्मा ४ लाखमा किन्न लगाएर ठगेछन्। नेतालाई ठग्ने भुमाफिया मुर्दावाद ! भन्दै भुमाफियालाई मुर्दाबाद’ भन्दै ब्यग्य गरेका छन् ।

केहीदिन अगाडीमात्र नागरिक दैनिकमा वालुवाटारमा नेकपा महासचिव विष्णु पौडेलले ४ आना जग्गा आफ्ना छोराको नाममा जग्गा खरीद गरेको बिषयले अहिलेसम्म पनि चर्चा पाउन छाडेको छैन । नेकपाले त्यसको प्रतिरोध गर्दै गलत नगरेको दाबी गर्दै आएको छ भने खोज पत्रकारिताका लागि गम्भीर बिषय बन्दै दिनदिनै नयाँ उचाईमा पुगेको छ ।

यसैबीच भ्रष्टाचारबिरुद्धका अभियान्ता समेत रहेका नेता गुरुङले घुमाउरोपारामा नेताहरुलाई नै माफियाले ठगेको नपत्याएका बरु नेताले नै आफ्नो नाउमा महंगो जग्गा पार्न गलत कार्य गरेको दाबी गरेका छन् ।
वालुवाटारको चौकमा ४ आना जग्गा पचार हजार रुपैयाँ आना कहिल्यै नआउने समेत उनको संकेत छ ।