आर्थिक

स्काईवर्थको नयाँ वर्षको अवसरमा बम्पर छुट अफर

काठमाडौं । स्मार्ट एपलायन्सेस् प्रा.लि ले एल डुगर ग्रुप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले “नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ” नारा सहित योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ को विशेष अवसरमा कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३०५ सम्मको छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध रहेको छ ।

स्मार्ट एपलायन्सेस्ले गुगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभी सँग सिङ्गक्रो नाइज गर्छ । यस टिभीमा भएको इन–बियुल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न मद्दत गर्छ । स्काईवर्थ टेलिभिजन सेगमेन्टको विश्वमै उत्कृष्ट ब्राण्ड हो । टेलिभिजन बाहेक स्काईवर्थले कयौँ दशकदेखि विश्वव्यापी रुपमा विभिन्न उत्पादन जस्तै वासिङ्ग मेसिन, फ्रिज, माइक्रोवेभ ओभन्, चेस्ट फ्रिजर, राइस कुकर लगायतका उत्पादनहरु बिक्री बितरण गर्दै आइरहेको छ ।

स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । स्काईवर्थले ग्राहकहरुलाई नयाँ वर्षलाई विशेष बनाउँन र यस ब्राण्डसँग नयाँ अनुभव बटुल्ने अवसर प्रदान गरेको छ । त्यसबाहेक, ग्राहकहरुले स्काईवर्थको हरेक टिभी खरिद गर्दा २ वर्षसम्मको वारेन्टी पाउँनेछन् ।
स्काईवर्थले ८ अप्रिल देखि १८ अप्रिलसम्म विश्वव्यापी रुपमा “स्काईवर्थ ग्लोबल ४०८ टिभी फेस्टिवल” मनाइरहेको छ । स्मार्ट एपलायन्सेस्ले पनि यस उत्सवलाई “स्काईवर्थ ग्राण्ड ७६ दमदार अफर” का साथमा १० अप्रिलदेखि निश्चित अवद्धिका लागि मनाइरहेको छ ।