आर्थिक

एनआई सी एशियाद्वारा नयाँ वर्षमा “एक नेपाली एक डिम्याट खाता“ अभियान संचालन, खाता खोल्दा शुल्क छुट

काठमाडौँ । एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ । उक्त कुरा प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

विज्ञप्तीमा व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी गरेको उल्लेख छ । एन आई सी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गर्ने छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पुर्याउन मिति २०७६ अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गर्ने जनाएको छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिएको रमेन्द्रर रायमाझीले विज्ञप्ती मार्फत जनाए ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ ।