अन्तर्राष्ट्रिय

जापानी विदेश मन्त्री चीन भ्रमणमा

बेइजिङ । जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको छ । आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले शुक्रबार घोषणा गरेका छन् ।

लुका अनुसार कोनो चिनियाँ विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा चीन आउन लाग्नु भएको हो । यस भ्रमणको क्रममा दुई विदेशमन्त्रीबीच पाँचौै उच्च स्तरीय आर्थिक वार्ता हुने लुले बताएका छन् ।
चीन जापान युवा आदान प्रदान कार्यक्रममा दुबै देशबाट प्रतिनिधित्व हुने प्रवक्ताले थप जानकारी दिए ।