समाचार

चन्द समूहका जिल्ला इञ्चार्ज ज्वालासहित दुई जना पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो ।

ज्वालासहित दुईजनालाई हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो ।

‘‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौंँ’’ उनले भने । यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।