समाचार

बालिका करणी गर्ने २५ वर्षीय भुखाली डगौरा पक्राउ

धनगढी । बालिका करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको छ ।
ललाइफकाइ गरी सोही ठाउँकै लालबहादुर डगौराको घरको कोठामा राखेर बुधबार १३ वर्षीया बालिकालार्ई करणी गरेको जाहेरी परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

यसैबीच नेत्रविक्रमचन्द ‘विप्लव’ समूहका कैलाली बर्दगोरिया गाउँपालिकाका नेता डम्बर बम र उदयराम थापालाई पक्राउ गरी उनीहरुमाथि मुद्दा चलाइएको छ । पक्राउ परेकाको साथबाट विभिन्न दस्तावेजसहित रु एक लाख ३५ हजार ९९० समेत बरामद गरिएको प्रहरीले आज जनाएको छ ।