बाग्मती

शिल्पकलाको मौलिकता र महत्व नयाँ पुस्तामा हस्तान्तरण

काठमाडौँ । धार्मिक मूल्य मान्यताका साथ परम्परादेखि सञ्चालन भएका द्देश्यशिल्पकलाको मौलिकता र महत्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उले राजधानीमा थाङ्का/पौभा शिल्पकला प्रशिक्षण कार्यशाला’ सञ्चालन गरिएको छ ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेशबाट गरी कूल ३८ कलाकार सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पौभा र थाङ्का निर्माणको सीप तथा कलाकौशललाई युवामा हस्तान्तरण गर्न सकिए पुरानो संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी सामाजिक तथा आर्थिक रुपान्तरण हुने बताए।

परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरुङले यसको ऐतिहासिक र परम्परागत महत्व रहेको उल्लेख गर्दै समयसापेक्ष मौलिक शिल्पकलालाई आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

नेवारी परम्परामा विभिन्न देवदेवीको आकृतिलाई पौभामा उतार्ने गरिन्छ । यो हिन्दू दर्शनमा आधारित छ । बुद्ध दर्शनमा आधारित बुद्धकालीन विषयलाई कपडा तथा कागजमा उतार्ने कला नै थाङ्का हो । तत्कालीन काठमाडौँ उपत्यकामा १२ औँ शताब्दीमा शुरु भएको पौभाको संस्कृति क्रमिकरुपमा तिब्बतमा फैलिएर परिमार्जित भएपछि थाङ्का भनिन थालेको बताइन्छ ।