समाचार

नेपाल टेलिकमको नयाँ वर्ष अफर

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६  (New year offer 2076) ल्याएको छ ।

सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरे पश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्य

सैगरी कम्पनीको वेबसाइट WWW.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कुरा प्रेस विज्ञप्ती मार्फत नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जनाएका छन् ।