राजनीति

मुलुक, लोकतन्त्र र नेपाली जनताको उत्थानका लागि जस्तोसुकै त्याग गर्न तयार छुः नेता बलायर

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले आफूहरुले काँग्रेसको सँगठन बनाउन जीउज्यान दिएको र आवश्यक परे अझै पार्टी, लोकतन्त्र र नेपाली जनताको हितका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । पुर्ब मनत्ती समेत रहेका नेता बलायरले पार्टीको केन्द्रीय समितिको निर्णय सबैले मान्नुपर्ने बताउँदै सबै कुराको हद हुनेजस्तै नेबिसंघमा पनि ३२ बर्षे उमेर हद तोकेको दाबी गरेका छन् ।
नेथता बलायरले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई पहिलो प्राथमितामा राखेको उपजिस्वरुप नकपा महासचिव बिष्णु पौडेलको वालुवाटारको जग्गा काण्ड देखिएको दाबी गर्दै काँग्रेसले आन्तरिक रुपमा मिलेर अगाडी बढ्नुको बिकल्प नभएको तर्क प्रश्तुत गरेका छन् ।
प्रायः सुदूरपश्चिममा ब्यस्त देखिने नेता बलायर काँग्रेस कोषध्यक्षहरुको भेलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।