राजनीति

जितजंगको आक्रोसः आज वालुवाटार पौडेलको नाममा देखियो, भोली टुंडिखेल ओलीको नाममा देखिए के गर्ने ?

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेकपाको महासचिव जस्तो मान्छेले वालुवाटारको महाँगो जग्गालाई किर्ते गरेर आफ्नो परिवारको नाममा राख्नु राम्रो नभएको बताउँदै यस्तै हुने हो भने कुनै दिन टुंडिखेल नै प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा हुनेमा आफूलाई शंका लागेको बताएका छन् । अध्यक्ष बस्नेतले एकातिरबाट नेपाली काँग्रेसबिरुद्ध बन्दुक बोकेर हिँडेको छ भने अर्कोतिर विखण्डनका कुरा गर्दै छुट्टै राज्य बनाउनुपर्छ भन्ने माग आईरहेको बताउादै नेपाली काँग्रेसले तराई पहाड र हिमाललाई मिलाएर हिँड्नुपर्ने चुनौती भएको दाबी गरेका छन् ।

जिल्ला, क्षेत्र र केन्द्रका काँग्रेसका सबै समितिहरु चलायमान हुनुपर्ने बताउँदै आफूपनि काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने प्रबृतिको अन्त्य हुनुपर्ने बताएका छन् । निर्मला हत्याकाण्डमा गृहमन्त्रीलाई तपाईको छोराको संलग्नता भएको प्रश्न सातै प्रदेशको तरुण दलको कार्यक्रममा प्रश्न गरेको बताएको भन्दै नेपाली काँग्रेसले राणा शासन, ०१७ साल, ०४६ साल, ०६२/६३ साल र संबिधान निर्माणसम्म नेतृत्व गरेको स्मरण गराउँदै केपी ओली सरकारको समयमा भ्रष्टाचारको सीमा नाघेको ठोकुवा गरेका छन् ।

पोखरामा नेपाली काँग्रेस कोषध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै ओली सरकारले भ्रष्टाचारको सीमा नाघ्दासमेत नियन्त्रण गर्नुपर्नेमा थप बढावा दिएको दाबी गरेका हुन् ।