खेलकुद

आठौँ राष्ट्रिय खेलकूदः पहिलो स्वर्ण पुलिसलाई

घोराही । राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समुहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो ।

उक्त प्रतिस्पर्धामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हराएको हो । सो स्पर्धामा पुलिस क्लबकी एलिना महर्जनले एपिएफ क्लबकी सेलिषा खड्गीलाई ३–२ र पुलिसकै नविता श्रेष्ठले एपिएफकी अनिता महर्जनलाई ३–० ले हराइन् ।

यस्तै एपिएफ क्लबकी सिक्क सुवालले पुलिसकी मञ्जु सुवाललाई ३–१ ले पराजित गरिन् । अन्तिममा पुलिस क्लबकी नविता श्रेष्ठले एपिएफकी सेलिषा खड्गीलाई ३–१ ले हराउँदै आफ्नो टोलीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।