आर्थिक

आई सी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन

काठमाडौँ । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पुर्याउदै आईरहेकोमा नेपाल सरकार तथा नेपालराष्ट्र बैंकको “समृद्धसँग जोडौ नाता  सबै नेपालीको बैंक खाता” भन्नेनारा सहित“खोलौ बैंक खाता अभियान २०७६”अभियानमा एकाकारगर्दै बैंकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता”संचालन गरेको छ । २०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्न हुने प्राकृतिक व्यक्तिहरुलाई बैंकले रु.१०० नगदखातामा जम्मा गरिदिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्स टेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साह प्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको कुरा प्रमुख सुचनाअधिकारी सुधिर नाध पाण्डेले जनाए ।