आर्थिक

सांग्रिला बैंकद्वारा कालीकोटका आगलागी पिडित बिद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आगलागी पिडित कालीकोटका बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पिडित परिवारका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पिडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई जनही रु.५०,०००।

का दरले छात्रवृत्ती प्रदान गरेको कुरा प्रेस विज्ञप्तीका मार्फत जनाएको छ । यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई बालबालीकाहरुको छात्रवृत्तिको लागि रु. १ लाखको चेक हस्तान्तरण गरेका हुँन ।

यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्नेछ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको कुरा पनि यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।