आर्थिक

प्रभु बैंकको शाखा विस्तार

काठमाडौँ । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा आज मिति २०७५ चैत्र २८ गतेदेखि पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखाखोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् ।

पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।