समाचार

गच्छदारद्वारा लोकतान्त्रिक फोरमका सदस्यहरुको नामावली विवरण निधिलाई हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २०, २०७५ को बैठकको निर्णय अनुसार, नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक श्री विमलेन्द्र निधिको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय, वीपी नगर, सानेपा, ललितपुरमा बस्यो ।

आजको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष श्री विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५,४६८ जना क्रियाशील सदस्यहरुका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको नामावली सहितको विवरण पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक श्री विमलेन्द्र निधिलाई हस्तान्तरण गर्नु भयो ।