मनोरञ्जन

वैदेशिक रोजगारीको बाध्यता, श्रीमतीले धोका दिएर गएको पिडामा आधारित गित सार्वजनिक “भिडियो सहित”

काठमाडौँ । नेपाली समाजमा घटिरहेको सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफुले प्राण भन्दा पनि धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरी र परिवारको बिचल्ली पारेर गए पछीको पिडालाई यस म्युजिक भिडियोमा देखाइएको छ।

भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको दमदार अभिनय हेर्न पाइन्छ। म्युजिक भिडियोमा जेनिथ शर्माको निर्देशन रहेको छ।

हरिश महराको छायांकन सुजन शाहिको सम्पादन रहेको यस भिडियोको कथा परिकल्पन भने मुना खरेलको हो। सन्तोष तामाङ्को पहिलो शब्द सिर्जना रहेको यस गीतमा रकेश ओलीको सङ्गीत,सङ्गीत संयोजन रहेको छ भने स्वर समेत ओलीकै रहेको छ ।