अन्तर्राष्ट्रिय

असान्ज गिरफ्तार

लन्डन । बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ ।

इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ ।

असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बस्नुभएको थियो । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका छन् ।

उनमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल’ पत्राचार’ विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ ।