समाचार

डलर साटने भनि ठगी गर्ने र चोरी गर्ने ३ जना गिरोह पक्राउ

काठमाडौँ । नया वसपार्क, वालाजु, माछापोखरी , सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई विदेशवाट फर्किएकाहरुलाई डलर लगायत अन्य विदेशी रकम वढिमा साटी दिने भनि अगाडि पछाडी वण्डलमा सक्कली नोट राखि भित्र तर्फ कागज राखी देखाई साटन आए पछि विदेशि रकम लिई पैसाको वण्डल दिई भागि हिडने २ जना पक्राउ परेका हुँन ।

पक्राउ पर्ने २ जना नै आफ्नै दाजुभाई रहेको र निजहरु यस भन्दा पनि पहिले पटक पटक ठगी मुद्दामा चली सेन्टर जेल वसेको र जेलवाट छुटना साथ पुन ठगी कार्यमा संलग्नमा भेटिएको । निजहरु ७ जना दाजु भाई रहेको ३ जना गाँउमा वस्ने र ४ जना काठमाडौमा वस्ने गरेको । ४ जना मध्ये १ जना हाल पनि सेन्टर जेलमा नै सजाय भोगिरहेको ।

१ जना जना जेलवाट छुटी गाँउमा वस्दै आईरहेको वुझिन आएको छ । हाल २ जना महानगरिय प्रहरी परिसर काठमाडौको विशेष टोलिद्वारा पक्राउ गरी परिसर काठमाडौवाट थप अनुसन्धान भईरहेको छ ।
निजहरुले ठगी मात्र नगरी लुटपाट, चोरीमा समेत संलग्न भएको वुझिन आएको छ ।