समाचार

आसेपासेलाई काम दिदैँ, बजेटमा ब्रम्हलुट मच्चाउदैँ मेयर सुन्दर

भक्तपुर । न कुनै कार्यक्रम, न कुनै ईस्टिमेट, न कुनै प्रस्ताव, अगाडि पछाडि लागेका कार्यकर्तालाई जसो मन लाग्यो, त्यसैगरि यो काम गर, पैसा दिउला भन्दै मौखिम आदेश मै चल्न थालेको छन् अहिले मध्यपुर ठिमी नगरपालिकाका मेयर । नियम र प्रक्रिया मिच्दै कसरी बजेट दिउँला भनेर सोचेका होलान् मेयर मदन सुन्दर श्रेष्ठले भन्छन् यहाँका जनप्रतिनिधी । न कार्यपालिका बैठक बसेको छ, नत बजेट पारित नै भएका छ, न त त्यो शिर्षकमा बजेट नै छ, तर विगतमा माओवादी हाल नेकपाका कार्यकर्तालाई मौखिकका भरमा बजेट बाड्ने र एक पत्रकारलाई बोकेर समाचार लेखाउदै प्रचार गर्दै हिडेका छन् मध्यपुरथिमिका मेयरमदन सुन्दर ।

बिस्केट जात्राका लागि भन्दै दुई पोखरी, विष्णु कुण्डलदेखि तीनधारा, शंखधर हनुमन्ते सडक हचुवाका भरमा आफ्ना आसेपासेलाई उपभोक्ता समितिका नाममा मौखिक स्वीकृति दिएर निर्माणमा लागेका मेयर श्रेष्ठले भुक्तानी गर्न भने निकै चुनौती पर्ने देखिन्छ । उपभोक्ता समितिका नाममा बिभिन्न सहकारीसंग ऋण लिएर ब्याज तिर्छु भन्दै बिभिन्न निर्माणमा लागेका मेयरले आसेपासेलाई काम दिने र बजेटमा ब्रम्हलुट मच्चाउन खोजिरहेका छन् ।

यसअघि पनि एक मन्दिरमा सुनको गजुर हाल्ने नाममा बजेट शिर्षक र कार्यक्रम नै नभएको शिर्षकमा चेक काट्न तत्कालिन प्रशासकीय अधिकृत कमल ज्ञवालीलाई चर्को दबाब दिएपछि मेयर श्रेष्ठ र ज्ञवाली बिच सम्बन्धमा दरार पैदा भएको थियो । कार्यक्रम, बजेट बनाएर मात्रै निकासा गर्नुपर्ने ज्ञवालीको सुझाबलाई नमान्दै जथाभावी भुक्तानी दिन दबाब दिएपछि ज्ञवालीले नमान्दा सुरु भएको टकराबका कारण अन्तत ः ज्ञवाली सूर्यविनायक नगरपालिका सरुवा भए । ज्ञवाली सरुवा भएदेखि हालसम्म पनि नगरपालिकाको चेक चलेको छैन भने आर्थिक कारोबार ठप्प भएको छ । एक कर्मचारीले भने मेयरका रबैयाका कारण हामीले तलब समेत खान पाएनौ ।

मध्यपुरथिमिमा आएका नयाँ प्रशासकीय अधिकृत महेश बराललाई बलिको बोका बनाउने तयारीमा मेयर श्रेष्ठ रहेको बुझिएको छ । ज्ञवालीले अबैधानिक भनेर गर्न नमानेका भुक्तानीलाई बरालले कसरी गर्छन्, त्यो हेर्न बाँकी छ, मध्यपुर थिमिलाई अख्तियारले आँखा लगाईरहेका छन् एक कर्मचारी भन्छन् । दुई पोखरीदेखि विष्णु कुण्डलसमेतको निर्माणमा योजना छनौट र पारित समेत नगरिकन हचुवाको भरमा गरेको निर्माणको बजेट कसरी पारित गर्ने र प्रशासकीय अधिकृतले कसरी भुक्तानी दिने हो भन्नेमा अन्यौल र चुनौती आएको छ । बरालले भुक्तानी दिए अख्तियारमा उजुरी हाल्ने तयारीमा समेत केही व्यक्ति रहेको तथ्य बाहिर आएको छ ।

कमेरोटारबाट हटाइए सत्य सुन्दर
तलब बाहेक उपभोक्ता समितिमा रहेका समेतले भत्ता, तेल खर्च, पत्रपत्रिका, अनुगमन र कमिसन लगायत बिभिन्न शिर्षकमा व्यापक भ्रष्टाचार हुदै आएको कमेरोटार जग्गा एकीकरण आयोजनामा मेयर श्रेष्ठले अन्तत सत्य सुन्दर श्रेष्ठलाई हटाएका छन् । आफना नातेदार समेत रहेका श्रेष्ठलाई नियम विपरित आयोजना प्रमुख बनाएर थप विवादमा आएका मेयरले अन्नत ः आर्थिक कारोबार नै रोकिए पछि श्रेष्ठलाई हटाएर नयाँ आएका प्रशासकीय प्रमुख बराललाई नै मंगलबार साँझ आयोजना प्रमुख नियुक्ती गरेको नगरपालिका कर्मचारीले बताएका छन् ।
ईन्जिनियरको लाईसेन्स समेत खारेजीमा परेको र निकै विवादित व्यक्ति सत्य सुन्दरलाई आयोजना प्रमुख बनाएर मेयरले गलत काम गरेको भन्दै व्यापक बिरोध भईरहेको बेलामा सत्य सुन्दरलाई नहटाई आर्थिक अधिकार समेत दिन लेखा प्रमुख र कानून अधिकृत केशव शिलवाललाई समेत दबाब दिएका मेयरले कानूनत त्यसो गर्न नमिल्ने बताएपछि आर्थिक कारोबार नै रोकिएपछि अन्तत ः आयोजनाबाट सत्य सुन्दरलाई हटाएर बराललाई नियुक्ती दिएको बुझिएको छ । आयोजना प्रमुख नियुक्ती गर्ने अधिकार समेत नगर विकास आयोजनालाई हुनुपर्नेमा मेयरले आफैले अधिकारको दुरुपयोग गरेको बुझिएको छ ।

व्यापक भ्रष्टाचार भएको र लेखा प्रतिवेदन एवं अडिट समेत नगरी ब्रम्हलुट मच्चाएर करोडौको भ्रष्टाचार भएको आयोजनामा नयाँ प्रशासकीय अधिकृत बरालले कसरी भुक्तानी दिन्छन् र के गर्छन भन्ने हेर्न बाँकी छ । मेयरले भन्दैमा जथाभावी भुक्तानी दिए अख्तियारको फन्दामा बराल समेत पर्ने निश्चित छ ।