खेलकुद

आठौँ राष्ट्रिय खेलकूदः हक्कीमा प्रदेश ५ र २ विजयी

बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष हक्की पुरुषतर्फ तीन खेल सम्पन्न भएका छन् । नेपालगञ्जस्थित मङगलप्रसाद विद्यालयमा भएको खेलमा आयोजक प्रदेश नं ५ र प्रदेश नं २ विजयी भएका छन् । नेपाल आर्मीले गण्डकी प्रदेशसँग बराबरी खेलेको छ ।

प्रदेश नं २ ले प्रदेश नं ३ शलाई ५–० गोलले पराजित ग¥यो । प्रदेश नं २ का लागि मनोज साह र गोविन्द अधिकारीले एक–एक तथा हरविन्द्र सिंहले दुई गोल गरे । हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्माका अनुसार प्रदेश नं ५ ले प्रदेश नं १ लाई ३–० गोलले हरायो । प्रदेश नं ५ का लागि सानु लामा, अमन कुमार र मनिष गुरुङले गोल गरे ।

बिहीबार गण्डकी प्रदेश र नेपाल पुलिस, नेपाल आर्मी र प्रदेश नं २ तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुने मुख्य प्रशिक्षक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अगामी वैशाख ३ गतेदेखि सेमिफाइनलका खेल हुनेछन् ।