राजनीति

राजपाद्वारा आन्दोलनको घोषणा, ओली सरकार शसंकित

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले बिभिन्न ९ सूत्रिय माग राखी आन्दोलनको घोषणा गरेको छ । तत्काल संबिधान संसोधन गर्नुपर्ने, रेशम चौधरीलाई मुक्र गर्नुपर्ने, जन्मसिद्धलाई बैशजको आधारमा नागरिकता वितरण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग गर्दै राजपाले आन्दोलनको घोषणा गरेको हो । राजपाका नेता शरदसिंह भण्डारीले जिल्लाहरुमा परिपत्र गरी बिभिन्न माग राखी पर्चा बाढ्न भनेको बताईएको छ ।
सरकारलाई समर्थन गरेको राजपाले पछिल्लो समयमा सरकारका गतिबिधिको बिरोध गर्दै आएको छ भने आन्दोलन गर्ने भने पनि आन्दोलनको कदम प्रभाबकारी हुनेमा भने राजपाका आन्तरिक गुटबन्दीका कारण शंका उत्पन्न भएको छ । दुईतिहाई मतको केपी ओली सरकार राजपाले गर्ने आन्दोलनलाई शसंकीत भएर नजिकबाट नियालिरहेको बताईएको छ ।