समाचार

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा सुरक्षाका साथै हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल २६ नं गण बेलासपुर नवलपरासीले जनाएको छ ।

विशेषगरी सशस्त्र प्रहरीले आफ्नो लक्ष्य र उद्देश्यअनुसार काम गर्न सीमा क्षेत्रमा फोर्स मार्च, लामो दूरीको गस्ती ९एलआरपी० र क्रस पेट्रोलिङ ९ दुवै देशका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षागस्ती० गरिँदै आएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहरधन राईले बताए। विशेषगरी सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका सुरक्षा संवेदनशीलता र जुनसुकै प्रकारको आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा रहेको भारतीय सुरक्षा निकायसँग समन्वय गरी काम गरिँदै आएको कार्यालयले जनाएको छ ।

पश्चिम नवलपरासीमा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दक्षिण–पश्चिम पाल्हीनन्दनको सनहीदेखि पूर्वी दक्षिण सुस्ताको पक्लीहवा क्षेत्रसम्म करीब २८ किलोमिटरको भू–भाग छ । नेपाल–भारत सीमा क्षेत्रमा कूल १६ वटा सीमा स्तम्भ रहेका छन् । सनहीबाट ४९७ नं को सीमा स्तम्भ सुई भई पक्लीहवासम्म ५०९ नं को सीमा स्तम्भ रहेका छन् ।

विशेषगरी सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी तस्करीलाई र अन्य आपराधिक नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी सीमा बल र भारतीय एसएसबीले संयुक्त गस्ती गर्दै आएका छन् । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको २६ नं गणसहित सो गण अन्तर्गत सशस्त्र प्रहरीको गुठी प्रसौनी, सुस्ता, हरपुर र सेमरी युनिटसमेत रहेका छन् ।