आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को शाखा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ । का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो । आजैबाट बैंकको परिसर भित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।

बैंकका संचालकहरु श्री प्रजन्यराज भण्डारी, श्री सूर्यप्रकाशलाल श्रेष्ठ, श्री निरन्जनलाल श्रेष्ठ, श्री भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो ।

बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय मागअनुसार सानो, ठूलो सबै प्रकारका दरको पनि व्यवस्था रहेको छ ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलनकेन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
Bank of the year पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Bast Bank 2018” अवार्ड प्राप्तगर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A+ ल्याई स्त्तरोनन्ति गरेको छ ।