आर्थिक

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छे बैंक बैंकासुरेन्स सम्झौता 

काठमाडौँ । मिति २०७५/१२/२६ गते मंगलबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छे बैंक लिमिटेडकाबीच माछापुच्छे बैंक लिमिटेडको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

माछापुच्छे बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखा बाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।