आर्थिक

प्रभु बैंकको ५ वटा नयाँशाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेड सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचेतथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचवटै शाखा सहित बैंकिङ्ग सेवा शुभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले  सञ्चालनमा ल्याएको थप ५वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्ला स्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्व साधारणहरु बैंकिङ्ग पहुँच भित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।