उर्जा

दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता

बलेवा । बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरण र धौलागिरि सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनीयरीङ ‘धौलागिरि सेम’ प्रालि बागलुङबीच मङ्गलबार विद्युत् खरीदबिक्री समबन्धी सम्झौता ९पिपिए० भएको हो । धौलागिरि सेम प्रालिद्वारा प्रवद्र्धितमध्ये दरमखोला ‘ए’ साना जलविद्युत् आयोजनाबाट तीन मेगावाट र मध्य दरमखोला ‘बि’ साना जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत उत्पादन हुनेछ ।
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरि सेम प्रालिले दुवै आयोजनाबाट विसं २०७८ जेठ ३१ सम्ममा विद्युत् उत्पादनगरी नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ‘ए’ को व्यापारिक विद्युत् उत्पादन मिति विसं २०७७ चैत ३१ र मध्ये दरमखोला ‘बि’ को विद्युत् उत्पादन विसं २०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बैँकको ऋण सहयोगमा सम्पन्न गरिने धौलागिरि सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिए ।

दुवै आयोजनाको पिपिए ‘टेक अर पे’को नीतिमा गरिएको अध्यक्ष गौतमले बताउनुभयो । दुवै आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम ९पौषदेखि चैतसम्म० मा प्रति युनिट ८ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ४२ पैसामा र वर्षायाम ९वैशाखदेखि मङ्सिरसम्म० मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरीद गर्नेछ । दुवै आयोजनाबाट वार्षिक चार करोड ४५ लाख १३ हजार २६९ यूनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।