अन्तर्राष्ट्रिय

बारलाई बुझाएको म्युलर प्रतिवेदन अर्को हप्ता सार्वजनिक हुने

वासिंगटन । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेप भएको आरोपबारे पूर्व संघीय अनुसन्धान प्रमुखसमेत रहेका रोबर्ट म्युलरले केही हप्ता पहिले अमेरिकी महान्यायाधिवक्ता बिल बारलाई बुझाएको प्रतिवेदन अर्को हप्ता सार्वजनिक हुने बताइएको छ ।

महान्यायाधिवक्ता बारले रिपोर्टलाई सामान्य सम्पादनपछि सर्वसाधारणसमक्ष पु¥याउने प्रतिवद्धता अनुसार मङ्गलबार उनले सो कुरा बताएका हुन । “एक हप्ताभित्र प्रतिवेदनलाई सर्वसाधारणका लागि सार्वजनिक गर्नसकिने अवस्थामा म पुग्नेछु,” बारले संसदीय एक समितिसमक्ष बताए ।

विशेष कानून अधिकारी म्युलरले निर्वाचनमा रूसी प्रभावबारे गरेको अनुसन्धानको प्रतिवेदनलाई गत महिना सम्पन्न गरी महान्यायाधिवक्तालाई बुझाएका थिए । म्युलरले आफूलाई दिएको जिम्मेवारी सम्पन्न गरेको जनाएपनि यसको निक्र्योल भने प्रतिवेदनमा दिएका थिएनन् । उनले अनुसन्धानका क्रममा भेटिएका रिपोर्टलाई जस्ताको तस्र्त उतारेर महान्यायाधिवक्तालाई दिएको बताएका थिए ।