अन्तर्राष्ट्रिय

मेले जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटी ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउने

बर्लिन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले मङ्गलबार जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटी ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह गरेकी छन् ।

यसै हप्ताको अन्त्य इयूबाट बहिर्गमन गरिने यस पहिलेको कार्यक्रमलाई थप केही लम्ब्याएर विनासम्झौता बहिर्गमन हुने अवस्थालाई टार्न उनले यो आग्रह गरेकी हुन् । यसै बिषयमा उनले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई पेरिसमा भेटी ब्रेक्जिटको समयलाई दोस्रो पटक लम्ब्याउन आग्रह गर्ने बताइएको छ । प्रधानमन्त्री मे ले समयसीमा लम्ब्याउन यूरोपेली सबै नेताले सहमति जनाउनेमा पनि उनको विश्वास छ ।

बुधबारका लागि बोलाइएको आकस्मिक भेलामा बेलायतद्वारा बे्रक्जिट प्रक्रियालाई अप्रिल १२ बाट जुन ३० मा पु¥याउन प्रधानमन्त्री मेले गरेको आग्रहलाई इयू नेताहरूको बैठकबाट निर्णय लिनुपर्ने हुन्छ । प्रधानमन्त्रीले ब्रेक्जिट प्रक्रियाका लागि यस अघि इयू नेताहरूसँग गरेको सम्झौता बेलायती संसदबाट पटक पटक अनुमोदन नभएपछि यसका लागि थप छलफल र निर्णय लिन समयको माग गरिएको हो ।