गण्डकी प्रदेश

गुरुङ समुदायको पर्व टहोटेँ उल्लासमय बन्यो

पोखरा । गुरुङ समुदायले मङ्गलबार आफ्नो सांस्कृतिक पर्व टहोटेँ उल्लासमय वातावरणमा मनाएका छन् । प्रत्येक वर्ष साउन र चैत महीनाको अन्तिम मङ्गलबार सामूहिक रुपमा मनाउने गरिएको यस पर्वको अवसरमा गुरुङ समुदायको साझा संस्था ‘तमु धि’को आयोजनामा विरौंटाबाट गाजाबाजा र झाँकीसहित शुरु भएको ¥याली पोखरा बजारको मुस्ताङचोक, पृथ्वीचोक हुँदै तमु धिको भवनमा पुगेर सभामा परिणत भयो ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजाति समुदायको संस्कृतिको संरक्षण र संवद्र्धन आवश्यक रहेको बताए । आदिवासी जनजाति महासङ्घका अध्यक्ष धर्म गुरुङ, तमु धि संस्थाका अध्यक्ष कर्म गुरुङ, उपाध्यक्ष होम गुरुङलगायतले आदिवासी जनजाति समुदायको संरक्षणका लागि ठोस रुपमा पहल हुनुपर्ने आवश्यकता औँल्याए।

यसैबीच गुरुङ समुदायले मनाउने गरिएको टहोटेँ परापूर्वकालदेखि मनाउँदै आइरहेका छन् । ‘टहो’ भनेको तमु राज्य र ‘टे’ भनेको शत्रुलाई रहेको तमु धि नेपालका उपाध्यक्ष होम गुरुङले बताए । शत्रु र भुतलाई भगाउने आफ्ना सांस्कृतिक मान्यताका साथ मनाउनका साथै पर्व मनाउनाले रोगव्याध हट्ने, खेतीबाली राम्रो हुने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने र सुख शान्ति प्राप्त हुने विश्वास रहेको उनले थपे । सो ¥यालीमा सहभागीले आफ्ना सांस्कृतिक बाजागाजाका साथ पुरुष भाङग्रा, भोटो, कछाडमा र महिला छिट्को गुन्यू, टिकिस, घलेस र पटुकामा सजिएका थिए ।