बाग्मती

निर्माणाधीन सैनिक मुख्यालय भवनको रक्षामन्त्रीद्वारा अवलोकन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जङ्गी अड्डास्थित निर्माणाधीन सैनिक मुख्यालय भवनको मंगलबार अवलोकन गरेका छन् ।

त्यसअवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा उनलाई स्वागत गरे । उक्त भवन निर्माणको अन्तिम चरणमा रहेको छ । आगामी नयाँ वर्षको शुरुआतीसँगै जङ्गी अड्डाको काम कारवाही सो भवनबाट हुनेछ । सो अवसरमा रक्षा सचिव रेश्मीराज पाण्डेसहित नेपाली सेनाका रथीवृन्द तथा अधिकृत उपस्थित थिए ।