आर्थिक

नेपालको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा सक्दो सहयोग: फ्रान्सेली उद्यमी

काठमाडौँ । नेपाल भ्रमणमा रहेको फ्रान्सेली उद्यमी व्यवसायीको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्न आफूहरु उत्साहित रहेको बताएको छ ।

मंगलबार साँझ नेपालका लागि फ्रान्सेली राजदूत फस्वाँँ जभिए लेजेले आयोजना गरेको स्वागत समारोहमा नेपालमा राजनीतिक स्थायित्व कायम भएसँगै लगानीकर्ता यहाँ पूँजी लगाउन इच्छुक रहेको बताए ।

नेपालको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा सक्दो सहयोग गर्न आफ्नो देशका उद्यमी व्यवसायीले चाहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले लगानीको प्रतिफल स्वदेश लैजाने वातावरण विदेशी लगानीकर्तालाई बनेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।