बाग्मती

असीनाले रु ३० लाखको खाद्यान्न क्षति

चौतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको खाकलडाडामा आज बिहान परेको असीना पानीले करीब रु ३० लाख मूल्य बराबरको खाद्यान्न बाली नोक्सान भएको छ ।

करीब एक हजार रोपनी क्षेत्रमा लगाइएको गहुँ तथा तोरी बाली पूर्ण रुपमा नष्ट भई करीब रु ३० लाख मूल्य बराबरको खाद्यान्न बाली नोक्सान भएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । अन्दाजी चार फुट बाक्लो असीना मध्यान्ह्सम्म पनि जमेर बसेको बताइएको छ । असीना पीडित ३१ घर परिवारको प्रतिनिधिमण्डलले राहतका लागि आजै निवेदन दर्ता गर्नुभएकाले पीडितलाई केही गाउँपालिकाबाट र थप राहतका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने अध्यक्ष श्रेष्ठ बताए ।