प्रदेश 2

बालिका मृत फेला

सप्तरी । बोदे बर्साइन नगरपालिका–९ की एक बालिका आज मृत फेला परेकी छिन् । घरबाट हराई बेपत्ता भएकी सुरेन्द्र यादवकी छ वर्षीया छोरी आरतीकुमारी मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो रातिदेखि आफ्नै घरबाट हराई बेपत्ता भएकी आरतीको शव स्थानीय रामप्रसाद यादवको पोखरीमा आज फेलापरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।