आर्थिक

दराजको नववर्ष धमाका क्याम्पेन भोलीदेखी सुरु हुँदै

काठमाडौं । नयाँवर्ष २०७६ को उपलक्षमा दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज नव वर्ष धमाका अभियान लिएर आएको छ । दराजको यस अभियान यही २७ चैत्र देखी वैशाख ४ सम्म लागू  हुनेछ ।

नयाँ दराज एपबाट हुने यस ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, रु ५००० कोमेगा भाउचरहरु, रु ४००० सम्मको क्रेजीभाउचरहरु, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्स्र अन्य उपहारहरु प्राप्त गर्न सक्ने छन् । उपभोक्ताहरुले मिस्ट्री बक्स् खरीद गरी लक्की ड्र मा भाग लिन पाउने छन ।

जसमा एक भाग्य शाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जीत्ने छन । साथै नयाँ वर्षमा घुम्न रुचाउनेहरुका लागि पनि दराजले बाली, पोखरा, चितवन जस्ता अन्य पर्यटकीय गन्तव्यहरुका लागि आकर्षक हलिडे प्याकेजेहरुको व्यवस्था गरेको छ ।

त्यती मात्र नभइ दराजले यस अभियान अन्तर्गत डी मार्ट का समानहरुमा रु १००० र माथीका अर्डर गर्दा निःशुल्क वितरणको व्यवस्था गरेको छ ।