आर्थिक

यूएम बाइकले ल्यायो नयाँ वर्षको बहार, एक लाख सम्म नगद उपहार

काठमाडौं – यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । सो अफर चैत २५ देखि लागू भएको छ र आगामी बैशाख मसान्त सम्म सञ्चालन हुनेछ ।

डर्ट र क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन् । नेपाली बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ । विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ ।

अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ । यूएमका बाइक राम्रो पिकअप, माइलेज र पर्फमेन्सको लागि पनि लोकप्रिय छन् । कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि सोरुममा आकर्षक रुपमा सजाएर राखेको छ । नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेड स्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार
रुपैयाँ छ ।