आर्थिक

माछापुच्छे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

काठमाडौँ । माछापुच्छे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ साल चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, चैत्र २४ गते नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक रुपका सुरुवात गरेको छ ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द मान सिंह कार्की गरेका थिए । त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर श्री सञ्जु पण्डितले गरेका थिए । टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृतश्री पुण्यविक्रम खड्काले गरेका थिए ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।