गण्डकी प्रदेश

सबै सरकारी कार्यालय एउटै स्थानमा

नवलपरासी । पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालयहरुलाई एउटै स्थानमा राखिने गरी सदरमुकाम कावासोतीमा कामको थालनी गरिएको छ ।कावासोती–३ स्थित करिब १७९ बिगहा जग्गा क्षेत्रफलमा सबै सरकारी कार्यालयका भवन निमार्णका लागि कागजी प्रक्रिया अघि बढाइएको हो ।

पूर्वी नवलपरासीका सरकारी कार्यालय एउटै स्थानमा व्यवस्थापनका लागि कावासोतीमा कार्यालयको आगामी वैशाख ७ गते शिलन्यास गरिने कार्यक्रम तय भएको छ । शिलन्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका अन्य संघीय सरकारका मन्त्री, प्रदेश सरकारका प्रमुख, मुख्यमन्त्री र अन्य मन्त्री आउने कार्यक्रम तय भएको बताइएको छ ।

सो कार्यक्रमलाई भव्यरुपमा सफल बनाउने तयारी भइरहेको जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख चेसराम आलेले जानकारी दिए ।