बाग्मती

आँधीपीडितलाई इक्यानको पाँच लाख दुई हजार ५७६ सहयोग

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ ‘इक्यान’ ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ । इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज सहयोग कोषका लागि रकम हस्तान्तरण गरिएको सङ्घका कार्यवाहक अध्यक्ष महेशबाबु तिमल्सिनाले भने ।

विपद्का समयमा सबैले पीडितका लागि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
पीडितका लागि विभिन्न क्षेत्रबाट थुप्रै सहयोग सङ्कलन भइरहेको मुख्यमन्त्री राउतले जानकारी दिए । उनले आआफ्ना क्षेत्रबाट सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् ।