समाचार

जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत छैन: अधिवक्ता न्यौपाने

काठमाडौँ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सोमबार गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो ।

गृहको उक्त निर्णय यथास्थितिमा राख्न र छलफलका लागि वैशाख ३ गते उपस्थित हुन आदेशमा भनिएको छ । जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।