साहित्य

शर्माको ‘तिरो’ विमोचन, २०६९ सालमा सचिव

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव तथा लेखक दुर्गानिधि शर्माद्वारा लिखित आत्मकथा ‘तिरो’को आज विमोचन गरिएको छ ।

यहाँ आज आयोजित एक कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला लगायतले सो पुस्तकको विमोचन गरे । सोही अवसरमार पूर्वअध्यक्ष रेग्मीले राज्यप्रति, भूमिप्रति र परिवारप्रतिको दायित्व, कर्तव्य र कृतज्ञतालाई पुस्तकमा उजागर गरिएको बताए । उनले लेखक शर्मा २०३२ सालमा बैदारबाट निजामती सेवामा प्रवेश गरेपनि २०६९ सालमा सचिव हुनु आफैमा प्रेरणादायी कुरा हो भने ।

पूर्वअर्थमन्त्री कोइरालाले पुस्तकमा कर्मचारीले राजनीति चलाउन सक्नेतर्फ गरेको इंगित सही भएको टिप्पणी गने । लेखक शर्माले आफूले ३८ वर्ष ६ महीना लगाएर प्रशासनमा कार्यवाहक मुख्य सचिवसम्म भएकोले यो राज्यलाई गुण तिर्न ‘तिरो’ लेखेको बताए ।