राजनीति

प्रहरी झडपमा राप्रपाका ३५ कार्यकर्ता घाइते, अध्यक्ष थापालगायतका नेताहरु अस्पतालमा

काठमाडौँ । सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् ।

रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
घाईतेहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेताहरु अस्पताल पुग्नुभएको राप्रपाले जनाएको छ ।