प्रदेश 2

  घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयले भूमि सुधार तथा मालपोत कार्यालय, भूमि सुधार शाखा सप्तरीमा कार्यरत एक कर्मचारीलाई आज घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा भूमि सुधार शाखाका नायब सुब्बा वासुदेव मण्डललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । जग्गा बाडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गर्दै काम रोकेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मण्डललाई घुस रकमसहित पक्राउ गरिएको सूचना अधिकारी नरेन्द्र भट्टराईले बताए । मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।