कर्णाली प्रदेश

नवौँ राष्ट्रिय खेलकूद कर्णालीमा गर्न माग

सुर्खेत । प्रदेश सरकारले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णाली प्रदेशमा सञ्चालन गर्न सङ्घीय सरकारसँग माग गरेको छ । मन्त्रिपरिषद्को बैठकले कर्णालीमा प्रतियोगिता सञ्चालन हुने गरी व्यवस्था मिलाउन सङ्घीय सरकारलाई अनुरोध गरेको हो ।

सामाजिक विकासमन्त्री दल रावलले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा सञ्चालन हुन सके खेल क्षेत्रको पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने बताए। “सङ्घीय सरकारले यो निर्णय अनुमोदन गरेमा आवश्यक पूर्वाधारको विकास गर्न प्रदेश सरकार तयार छ”, उनले भने, “कर्णालीमा खेल क्षेत्रको विकासका लागि खेलकूद प्रतियोगिताको माग गरेका हौँ ।

” मन्त्री रावलले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने व्यवस्था मिलाउनका लागि राष्ट्रिय खेलकूद परिषद्संग पनि प्रस्ताव राखिएको जानकारी दिए । आठौँ राष्टिय खेलकूद प्रतियोगिता आगामी वैशाख पहिलो सातादेखि प्रदेश नं ५ मा शुरु हुँदैछ ।