प्रदेश 2

५५ लाखको लागतमा पर्खाल र घाट निर्माण कार्य शुरु

गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रख्यात जलेश्वरनाथ महादेव मन्दिरको पोखरीमा रु ५५ लाखको लागतमा पर्खाल र घाट निर्माण कार्य शुरु भएको छ ।

जलेश्वर नगरपालिका–१ मा अवस्थित सो मन्दिरमै पश्चिमपट्टीको बरुण सरोवर ९पोखरी० मा पर्यटन मन्त्रालयको ५० लाख र पाँच लाखको श्रमदान गरी रु ५५ लाख लागतमा सो निर्माण कार्य शुरु भएको हो ।

उक्त रकमबाट बरुण सरोवरको उत्तर, पश्चिम र दक्षिणतर्फ २९० मिटर लामो पर्खाल, पर्खालमाथि स्टिलको रेलिङ र पूर्व दक्षिण कुनामा २५।५ मिटर लामो घाट निर्माण शुभारम्भ भएको हो । जलेश्वरनाथ महादेवलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न तथा बरुण सरोवरको संरक्षण तथा सौन्दर्यकरण गर्ने उद्देश्यले सो निर्माण थालिएको निर्माण समितिका अध्यक्ष अमरदीप साहले बताए।