समाचार

अछाम महोत्सवमा ४० लाखको कारोवार

अछाम । यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा रु ४० लाख बढीको कारोवार भएको छ । महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो मेलाका क्रियाकलापबाट गरी उक्त कारोवार भएको आयोजकको भनाइ छ ।

महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार महोत्सव अवधिभर जम्मा १५ हजार दर्शकले अवलोकन गरेका छन् भने १२ हजार टिकट बिक्री भएका छन् । टिकट बिक्रीबाट मात्रै रु छ लाख आम्दानी भएको महासङ्घका उपाध्यक्ष खेमराज ढुङ्गानाले बताए ।

महोत्सवमा स्थानीय उत्पादन, लघुउद्यम, व्यापारिक कक्ष र साङ्गीतिक कार्यक्रमसँगै स्थानीय लोक संस्कृति झल्किने प्रस्तुति मुख्य आकर्षणका रुपमा रहेका थिए । यसबाट जिल्लाको व्यापार प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धन, लोक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुगेको महासङ्घका अध्यक्ष वमबहादुर रावलले बताए ।