लुम्बिनी

वर्थिङ सेन्टरको स्थापना, नागरिक खुशी

रुकुम पूर्व । सिस्ने गाउँपालिका–३ स्थित पोखरामा वर्थिङ सेन्टर स्थापना गरिएको छ । वर्थिङ सेन्टर स्थापना गरिएसँगै त्यहाँका नागरिक खुशी भएका छन् ।
गाउँपालिकाको आर्थिक सहयोगमा पोखरामा वर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताए। हालसालै निर्माण भएको नयाँ भवनमा भौतिक पूर्वाधार पर्याप्त भएपछि वडामा वर्थिङ सेन्टर स्थापना गरिएको उनको भनाइ छ ।

वर्थिङ सेन्टरको आइतबार गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले संयुक्त रुपमा उद्घाटन गरे । सो वर्थिङ सेन्टरबाट गाउँपालिकाका वडा नं ३, ४, ७ र रुकुम पश्चिम बाफीकोट गाउँपालिका–१ का नागरिक लाभान्वित हुने भएका छन् ।