राजनीति

गरिवीनिवारण कोष गरिवहरुलाई धनी बनाउने कार्यमा लाग्नुपर्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले गरिवीनिवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न निर्देशन दिएका छन् ।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीयतहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचनागर्न आग्रह गरे । उनले कोषलाई गरिव र विपन्नवर्गको क्षमता विकासमा केन्द्रितहुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिलहुने गरी कार्यक्रम सञ्चालनगर्न पनि निर्देशन दिए ।
प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालनगर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवीनिवारण गर्ने जिम्मेवारी तीनवटै तहको भएपनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापनगर्ने जिम्मेवारी स्थानीयतहकै हुनुपर्ने विचार व्यक्त गरे ।