समाचार

बेपत्ता ओलीको शव फेला

रुकुम । सेती हाइड्रोपावरमा कार्यरत प्राविधिक दीपेन्द्र ओलीको शव आज फेला परेको छ ।  रुकुम जिल्ला स्थायी घर भएका ओली यही चैत १८ गते दिउँसो सेती नदीमा ढुङ्गातर्ने क्रममा बगेर बेपत्ता भएका थिए । बेपत्ता भएका ओलीको खोजीका लागि परिचालन भएको सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नं को विपद् व्यवस्थापन टोलीले आज उनको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रदिपकुमार पालले बताए ।

उएले भने, “ओली बगेर बेपत्ता भएको खबर पाउने वितिकै हाम्रो र बाहिनीको टोली परिचालन भएको थियो, एक सातापछि बल्ल शव फेला पारेकाछौँ ।” बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेलापरेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले जनाएको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि उक्त आयोजनाको काम गर्न प्राविधिक ओली डोटी आएका थिए।