खेलकुद

फुटबल प्रशिक्षणका लागि टे«निङ सेन्टर स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा फुटबल खेललाई लक्षित गरी टे«निङ सेन्टर स्थापना भएको छ । टे«निङ सेन्टर स्थापना भएपछि फुटबल खेलाडीलाई सहज भएको छ ।

कृतिम घँँसे मैदानसहित सुविधासम्पन्न खेल मैदान निर्माण गरेपछि सबै उमेर समूहका खेलाडीलाई सहज सहज भएको छ । एशियाली फुटबल महासङ्घको करीब एक करोड आर्थिक सहयोगमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यक्रम अनुसार सो टेनिङ्ग सेन्टर स्थापना गरिएको एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पङ्गेनीले जानकारी दिए ।

भित्री र बाहिर क्षेत्र गरी करीब १० कठ्ठा क्षेत्रफलमा निमार्ण सम्पन्न भएको ट्रेनिङ सेन्टरमा दैनिक रुपमा खेलाडीलाई प्रशिक्षण लिन निकै सजिलो भएको एन्फा नवलपरासीले जनाएको छ ।

व्यवस्थित खेलकूद मैदान नहुँदा खेलाडीलाई समस्या भएको भन्दै नवलपरासी जिल्ला फुटबल सङ्घको पहलमा ट्रेनिङ सेन्टर स्थापना भएको हो ।