आर्थिक

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता सम्पन्न

काठमाडौँ । बुधबार सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भयो ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार भाटभटेनी ग्रुप द्वारा प्रबर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको बहत्तर ओटै शाखाहरु बाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिने छ । यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनीसुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने छ ।